सल्यानमा बोलेरो जिप दुर्घटना, ६ जना गम्भीर घाइते
nagariknews.nagariknetwork.com · Sat Sep 12 05:21:26 GMT 2026

सल्यानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकसहित ६ जना गम्भीर घाइते भएका छन्। त्रिवेणी गाउँपालिका ५ सिम्खबाट लुहाम हुँदै तुलसीपुरतर्फ जाँदै गरेको लु प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप सिम्खमा दुर्घटनामा परेको हो।
जिप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका ५ सिम्खका २९ वर्षीय तारक बोहरा, २४ वर्षीय भूपाल पुन, ५० वर्षीय डिल्लीबहादुर वली र ४२ वर्षीया लालमती बुढाथोकीसहित ६ जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)