सुदूरपश्चिममा बजेट पुनर्लेखन गर्ने सरकारको निर्णय, अर्थ मन्त्रालयलाई अधिकार प्रदान
nepalpress.com · Sat Sep 12 05:33:30 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ। अघिल्लो सरकारले ल्याएको बजेट पारित नभएपछि अहिले प्रदेशमा बजेट शून्यताको अवस्था रहेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्ने गरी नयाँ बजेट निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)