धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’
barnanmedia.com · Sat Sep 12 05:48:42 GMT 2026

धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ । निसान मन्दिर पुग्ने मात्र होइन, धनकुटा आउने अधिकांश पर्यटक उक्त घण्टीमा तस्बिर खिचेर फर्कने गरेका छन् ।
सानासाना घण्टीलाई जोडेर बनाइएको यो ‘महाघण्टी’मा करिब ५०० भन्दा बढी घण्टी समेटिएका छन् । यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)