अब किष्ट अस्पतालको सेवा घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
kendrabindu.com · Sat Sep 12 05:57:03 GMT 2026

ललितपुर । बिरामीलाई अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्दै किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको छ । अस्पतालले ‘किष्ट एट होम’ नामक सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
हेल्थ एट होम नेपालसँगको सहकार्यमा सुरु गर्न लागिएको यस सेवामार्फत अस्पतालमा उपलब्ध विशेषज्ञ स्वास्थ्य सेवा, दक्ष स्वास्थ्यकर्मी, प्रयोगशाला तथा विभिन्न स्वास्थ्य परीक्षणको सुविधा आवश्यकता अनुसार बिरामीको घरमै उपलब्ध गराइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)