सडक विस्तारका लागि ठूला चट्टान ब्लास्टिङ गरी हटाउन थालियो
annapurnapost.com · Sat Sep 12 05:51:44 GMT 2026

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ शीतलबजारनजिक सडक विस्तार तथा निर्माणका लागि तीन वटा ठूला चट्टान नेपाली सेनाले ब्लास्टिङ गरी हटाउन थालेको छ।
सडक विभागको अनुरोधपछि नेपाली सेनाको भैरवनाथ गणको समन्वयमा चट्टान हटाउने काम भइरहेको हो। सडक विभागका मेसिनरी उपकरणबाट कडा चट्टान हटाउन लामो समय लाग्ने भएपछि नेपाली सेनाको विकास निर्माण कार्यदल र कालीप्रसाद गण (इन्जिनियरिङ) का दक्ष प्राविधिकको समन्वयमा ब्लास्टिङ गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)