स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
ratopati.com · Fri Mar 14 17:53:00 GMT 2025

काठमाडौं । २०१६ सालमा स्थापित सदूरपश्चिम मै पुरानो क्याम्पस डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका लागि इन्द्र राणाले दावेदारी पेश गरेका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध उनले चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि मनोनयन दर्ता गराएका हुन् ।
राणाले विद्यार्थीहरूको हकहितका साथै विभिन्न शैक्षिक कार्यक्रम तथा जीवनोपयोगी क्रियाकलापहरु गराउने प्रयास निरन्तर गर्दै आएका छन्। लिडरसिपमा चासो राख्ने राणाले विद्यार्थीका सबैखाले समस्या क्याम्पस प्रशासन एवं व्यवस्थापनसँग सोझै राखेर समाधानको प्रयत्न गर्ने क्षमता राख्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)