धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’
nagariknews.nagariknetwork.com · Sat Sep 12 06:04:19 GMT 2026

धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ। निसान मन्दिर पुग्ने मात्र होइन, धनकुटा आउने अधिकांश पर्यटक उक्त घण्टीमा तस्बिर खिचेर फर्कने गरेका छन्।
सानासाना घण्टीलाई जोडेर बनाइएको यो ‘महाघण्टी’मा करिब ५०० भन्दा बढी घण्टी समेटिएका छन्। यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए। 'निसान मन्दिर पुनर्निर्माणको क्रममा २०७७ सालमा यो महाघण्टीको निर्माण गरिएको हो। मन्दिर परिसरमा रहेका साना घण्टीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि ती घण्टी हटाउने तयारी गरिएको थियो। तर, घण्टी हटाउँदा ऐतिहासिक महत्त्वका पुराना घण्टीसमेत नष्ट हुने अवस्था आएपछि तिनलाई संरक्षण गर्ने विकल्पका रूपमा महाघण्टी निर्माण गर्ने सोच अघि सारिएको हो', सचिव घिमिरेले भने। उनका अनुसार यस महाघण्टीमा १९३१ सालभन्दा अघिदेखिका घण्टीसमेत सङ्ग्रहित रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)