जेनजी आन्दोलन : अनुसन्धानमा तानिए रास्वपाका १६ सांसद
himalpress.com · Wed May 27 11:29:30 GMT 2026

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते राजधानीमा जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिसम्बन्धी घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ सांसद अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ।
आयोगले उक्त घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सम्बन्धित सांसदहरूमाथि अनुसन्धान अघि बढाउन सिफारिस गरेको हो। प्रतिवेदनमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिसँग सम्बन्धित कार्यमा उनीहरूको संलग्नता रहेनरहेको, उनीहरूको अभिव्यक्तिका कारण प्रदर्शनकारीहरू आक्रोशित तथा उत्तेजित भई कुनै प्रभाव परेको वा नपरेको, तथा सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पार्ने कार्य भएको वा दुरुत्साहन गरिएको हो कि होइन भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)