हिमाली क्षेत्रका विपद् सामना गर्न नेपाल र चीन मिलेर काम गर्नुपर्छ : राजदूत माओमिङ
ratopati.com · Sat Sep 12 06:12:51 GMT 2026

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन्।
काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)