‘एउटै डोरीमा बाँधिएका थिए निम्स र किलु’ दुई आत्मीय साथीको शव कसरी ल्याए मिङ्माले ?
ratopati.com · Sat Sep 12 06:15:00 GMT 2026

हिम पहिरोले पुरिएको भिरालो जमिन पार गर्दै दुई शवतर्फ अघि बढ्दा मिङ्मा ग्याल्जे शेर्पालाई आफ्ना साथीहरू अब संसारमा छैनन् भन्ने थाहा थियो । ती तीनै जनाले विश्वका अग्ला हिमालहरू चढिसकेका थिए । कहिले सफा आकाशमुनि, कहिले खतरनाक हिमआँधीबीच उनीहरूले हिमालको यात्रा गरेका थिए । निर्मल पुर्जा र किली पेम्बा शेर्पालाई मिङ्मा ‘जी’ले चिनेका सबैभन्दा बलिया आरोहीमध्ये मान्थे ।
तर यसै जुलाईमा पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा उनीहरू माथि जाँदै गर्दा आएको हिम पहिरोले बाटोमा जे भेट्यो, सबै बगाएर लग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)