नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने
corporatenepal.com · Sat Sep 12 06:08:30 GMT 2026
काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको उपाधि भिडन्त आज दिउँसो ४ः०० बजेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ ।
अन्नपूर्णले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले लिग चरणमा पाँच खेलमध्ये चारमा जित र एकमा हार ब्यहोरेको थियो । अन्नपूर्ण तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनल खेलिरहेको हो । कर्णालीले प्लेअफमा काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै उपाधिका लागि अन्नपूर्णसँगको भेट पक्का गरेको हो । कर्णाली लिग चरणमा तालिकाको दोस्रो स्थानमा छ । उसले पाँच खेलमध्ये चारमा खेलमा जित र एक खेलमा पराजय ब्यहोरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)