पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल
ajakoartha.com · Sat Sep 12 06:23:00 GMT 2026

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उनले बाढीबाट ठूलो मानविय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताए । “भौतिक क्षति ठूलै भएको छ । अब बाढी प्रभावितका लागि राहतसँगै अब अस्थायी र स्थायी पुनर्निर्माण तथा पुनःस्थापनाको काममा ध्यान केन्द्रित गर्नुपर्छ”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)