दल र नेताहरूको ‘दास मानसिकता’ ले सङ्घीयता कमजोर बन्यो : सांसद शेर्पा
ratopati.com · Sat Sep 12 06:34:34 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले नेपालमा सङ्घीयता कार्यान्वयन कमजोर हुनुमा राजनीतिक दल र नेताहरूको भूमिका प्रमुख रहेको टिप्पणी गरेका छन् । सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसद शेर्पाले यस्तो टिप्पणी गरेका हुन्।
राजनीतिक नेतृत्वमा रहेको ‘दास मानसिकता’ का कारण सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको आरोप उनले लगाए । सङ्घीयता आवश्यक रहेको बताउने तर त्यसका लागि आवश्यक कानुन निर्माण र अधिकार हस्तान्तरणमा तयार नहुने प्रवृत्ति राजनीतिक दलहरूमा देखिएको उनले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)