गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
gorkhapatraonline.com · Sat Sep 12 06:31:48 GMT 2026

गुल्मीको मदाने गाउँपालिका–४ बावनपानीकी ४८ वर्षीया डालकुमारी खत्री मृत फेला पर्नुभएको छ । उहाँ मदाने गाउँपालिका–१ अग्लुङ ठूलाचौरस्थित सन्तबहादुर विष्टको कोदोबारीमा मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार विष्टले मकैबारीमा बँदेल धपाउन जीआई पाइपमा खुला तारबाट विद्युत् प्रवाह गरी छाड्नुभएको थियो । सोही तारमा परी करेन्ट लागेर डालकुमारीको मृत्यु भएको आशंका गरिएको छ । घटनाका सम्बन्धमा विष्टलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)