बागलुङमा दुई सय ८२ जनामा स्क्रब टाइफस सङ्क्रमण
gorkhapatraonline.com · Sat Sep 12 06:38:58 GMT 2026

डेंगु रोगको जोखिम रहेको बागलुङमा किर्नाजस्तो सूक्ष्म जीवको टोकाइबाट सर्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ । मनसुन सुरु भएयता स्क्रब टाइफसका बिरामी तीव्र गतिमा बढेका हुन् ।
गत वर्ष पाँच जनामा मात्र देखिएको स्क्रब टाइफसको सङ्क्रमण चालु आर्थिक वर्षको असारयता दुई सय ८२ जनामा देखिएको छ । सङ्क्रमितमध्ये केहीलाई पोखरा रिफर गरिएको छ भने केहीको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)