जसको योगदान कम, जोखिम धेरै : जलवायु परिवर्तनको मारमा नेपाल
nepalviews.com · Sat Sep 12 06:39:12 GMT 2026

नेपाल अहिले एउटा यस्तो प्राकृतिक विपद्को पीडाबाट गुज्रिरहेको छ, जसले केवल एउटा जिल्ला वा एउटा समुदायलाई मात्र होइन, सम्पूर्ण देशलाई गम्भिर प्रश्नका अगाडि उभ्याएको छ। १० भदौ २०८३ अर्थात २६ अगस्ट २०२६ मा रसुवाको उच्च हिमाली क्षेत्रमा भएको हिमनदीसम्बन्धी घटनापछि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनसम्मको जनजीवनलाई प्रभावित बनायो। बाढीले घर, सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक संरचना र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्यायो। रसुवाको रसुवागढी क्षेत्र र त्यस आसपासका जलविद्युत् आयोजनामा काम गरिरहेका श्रमिक तथा स्थानीय बासिन्दासमेत यसको चपेटामा परे। केही दिनमै यो घटना एउटा स्थानीय बाढीबाट राष्ट्रिय विपद्मा परिणत भयो।
यो घटनाको सबैभन्दा पीडादायीपक्ष मानवीय क्षति हो। बाढीपछि सयौँ मानिसको ज्यान गयो भने हजारौँ मानिस सम्पर्कविहीन वा बेपत्ता छन् । खोज तथा उद्धारका लागि ठूलो मात्रामा सुरक्षाकर्मी लगायत उद्दार टोलीहरू परिचालन भए, तर भत्किएका सडक, पुल र सञ्चार संरचनाका कारण प्रभावित क्षेत्रमा पुग्नसमेत निकै कठिन भयो। अहिलेसम्मको आधिकारिक तथ्यांकमा मृतक र सम्पर्कविहीनको संख्या निरन्तर बढिरहेको छ। सेप्टेम्बर १० सम्म १,३७७ जनाको मृत्यु भएको र ५,१३० जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पछिल्लो विवरणमा नेपाल र तिब्बत क्षेत्रमा मृतक तथा बेपत्ताको संख्या अझ ठूलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)