झापामा दुई सय ८५ जनालाई रोजगारी
nagariknews.nagariknetwork.com · Sat Jun 20 07:19:45 GMT 2026

अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट २८५ जनाले रोजगारी पाएका छन्। अर्जुनधारा नगरपालिकाका १२१ र बिर्तामोड नगरपालिकाका १६४ बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी पाएका हुन्। अर्जुनधारा नगरपालिकाले स्थानीयस्तरमा रोजगारी, रोजगारकर्ता र रोजगारदाताबीच समन्वय गराई अवसर सिर्जना गर्ने उद्देश्यले तीनदिने रोजगार मेला आयोजना गरेको छ।
अर्जुनधारा उद्योग वाणिज्य सङ्घको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा यही असार ३ देखि ५ गतेसम्म शनिश्चरे बजारमा सञ्चालन भएको रोजगार मेला बेरोजगार युवालाई रोजगारीसँग जोड्ने महत्वपूर्ण माध्यम बनेको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)