त्रिभुवनराजपथमा रड बोकेको ट्रक दुर्घटना, चालक घाइते
gorkhapatraonline.com · Sat Sep 12 06:56:10 GMT 2026

मकवानपुरको थाहा नगरपालिका–११ नौखण्डेस्थित त्रिभुवनराजपथमा रड बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । भैरहवाबाट काठमाडौँ जाँदै गरेको बा.प्र.०३–००१ ख ४३५३ नम्बरको १२ चक्के ट्रक शनिबार बिहान घुम्तीमा मोड्न नसक्दा सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको हो ।
दुर्घटनामा ट्रक चालक हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका ३२ वर्षीय राकेश तामाङ घाइते हुनुभएको छ । उहाँको दुवै खुट्टा र हातमा चोट लागेको तथा अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)