सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते
annapurnapost.com · Sat Sep 12 06:49:48 GMT 2026

वीरेन्द्रनगर : सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शनिबार बिहान त्रिवेणी गाउँपालिका- ५ सिम्खस्थित भित्रि सडकखण्डमा लुम्बिनी प्रदेश ०२-००१ ज ०००५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।
गम्भीर अवस्थामा रहेका दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नं ६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका वडा नं ५ सल्लेकी १८ वर्षीया बिपना बुढाथोकी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)