नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौं : परराष्ट्रमन्त्री खनाल
annapurnapost.com · Sat Sep 12 06:55:01 GMT 2026

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन्।
उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, प्राविधिक सहयोगप्रति आभार व्यक्त गरे । उनले हिमताल विस्फोट र अन्य प्राकृतिक प्रकोपबाट बच्न रियल–टाइम स्याटेलाइट डेटा आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)