बाँझो जमिनलाई उत्पादनको बहुआयामिक केन्द्र बनाउने नुरुद्दिन
lokaantar.com

कुनै समय रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ कलुवाको जमिन काँस र बयरको झाडीले ढाकिएको थियो। उजाड र बन्जर जमिनमा पसिना बगाएर राम्रो कृषि उत्पादन निकाल्ने जोखिम लिन धेरैलाई सहज थिएन। तर, बुटवलका युवा नुरुद्दिन शाहले त्यही जमिनमा ‘एग्रीकल्चर’को बलियो सम्भावना देखे।
डेढ दशक अघिको त्यो बाँझो जमिनबाट शाहले शुरू गरेको कृषि यात्रा अहिले २० बिघा क्षेत्रफलमा फैलिएको छ। उनले शाह कृषि फर्म बनाएर फलफूल, तरकारी, दूध उत्पादन र माछापालनलाई समेटेर एउटै थलोमा ठूलो नमुना एवं आकर्षक कृषि फर्म तयार गरेका छन्। कृषि र पशुपालनलाई एउटै प्रणालीमा जोडेर कम खर्चमा दिगो उत्पादन गर्ने शाहको अवधारणाले फार्मलाई एउटा बहुउद्देश्यीय कृषि केन्द्रको स्वरूप दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)