जीवनभर परिवारका लागि बाँचे, अन्तिम यात्रामा भने एक्लै
kendrabindu.com · Sat Sep 12 07:03:43 GMT 2026

काठमाडौं । जीवनको उर्वर समय परिवारका लागि बिताएका धेरै बाबुहरू उमेर ढल्किएपछि सहाराको खोजीमा वृद्धाश्रम पुग्छन्। कसैले भान्सामा काम गरे, कसैले खेतबारी जोते त कसैले जागिरमार्फत परिवारको जिम्मेवारी सम्हाले। आफ्ना रहरभन्दा परिवारको आवश्यकता ठूलो ठानेर जीवन बिताएका उनीहरूका लागि अन्तिम चौतारी भने वृद्धाश्रम बनेको छ। परिवार हुँदाहुँदै पनि उनीहरू आश्रमको सहारा लिनुपर्ने बाध्यतामा छन्।
काठमाडौंको शान्तिनगरस्थित निःसहाय सेवा सदनमा आश्रय लिइरहेका वृद्ध बाबुहरूको जीवनकथा सुन्दा एउटै प्रश्न उठ्छ—‘वृद्धाश्रम उनीहरूको रहर हो कि बाध्यता ?’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)