नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड
barnanmedia.com · Sat Sep 12 06:56:12 GMT 2026

बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा प्रशस्त पर्यटकीय सम्भावनायुक्त गन्तव्य भएकाले समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकार भएका निकायबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डमा आयोजित ‘जर्निज विथआउट ब्यारियर्सः सोफी मोर्गन इन नेपाल’ कार्यक्रममा मोर्गनले आफ्नो हालैको नेपाल यात्राका अनुभव सुनाउँदै अपाङ्गता भएका पर्यटकका लागि नेपालका पर्यटनसम्बन्धी अनुभवलाई थप पहुँचयोग्य बनाउन सकिने उपायबारे धारणा राख्नुभयो । उहाँले हालै ‘इम्प्याक्ट एडभेन्चर’सँग काठमाडौँ, पोखरा र उपल्लो मुस्ताङको यात्रा गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)