बंगलादेशलाई हराउँदै माल्दिभ्स सातौं स्थानमा
annapurnapost.com · Wed May 27 12:19:40 GMT 2026
काठमाडौं : सेन्ट्रल एसिया भलिबल एशोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सले सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधबार सातौं स्थानका लागि भएको खेलमा माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–२७ ले गुमाएको माल्दिभ्सले त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्यो । माल्दिभ्सले दोस्रो सेट २५–११, तेस्रो सेट २५–१७ र चौथो सेट २५–१२ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)