सल्यान जीप दुर्घटनामा मृतकको संख्या तीन पुग्यो
gorkhapatraonline.com · Sat Sep 12 07:32:54 GMT 2026

सल्यानमा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–५ सिम्कको दुर्घटनामा घाइते ५० वर्षीय डिल्लीबहादुर वलीको पनि उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।
यसअघि जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा ८ वर्षीय बालक रेशम बुढाथोकी र १८ वर्षीय किशोरी विपना बुढाथोकीको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)