प्रधानमन्त्री राहत कोष साढे १३ अर्ब मौज्दात, एक अर्ब निकासा
nepallive.com · Sat Sep 12 07:38:54 GMT 2026

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्म कोषको खातामा १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ।
कार्यालयका अनुसार भदौ २६ गते साँझ ५:०० बजेपछि मात्रै २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)