१८औँ ब्रिक्स शिखर सम्मेलन नयाँ दिल्लीमा सुरु, २१ राष्ट्रका प्रमुख सहभागी
annapurnapost.com · Sat Sep 12 07:44:36 GMT 2026

नयाँ दिल्ली: १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि एउटै मञ्चमा सँगै देखिँदै छन्, भने सम्मेलनमा अन्य २१ देशका प्रमुखहरूको सहभागिता रहनेछ।
यस उच्चस्तरीय सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी सुशासन (ग्लोबल गभर्नेन्स), बहुपक्षवाद, व्यापार तथा लगानी, प्रविधि, खाद्य तथा ऊर्जा सुरक्षा, स्वास्थ्य सेवा, विपद् उत्थानशीलता र महत्त्वपूर्ण आपूर्ति शृङ्खला (सप्लाई चेन) लगायतका प्रमुख विषयहरूमा छलफल गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)