रात्रीकालिन व्यवसायलाई मर्यादित श्रम गन्तव्यका रूपमा विकास गर्न जोड
gorkhapatraonline.com · Wed May 27 13:08:09 GMT 2026

काठमाडौँ, जेठ १३ गते । दोहोरी रेष्टुरेन्ट, डान्सबार, गजल रेष्टुरेन्टलगायतका रात्रीकालिन व्यवसायलाई मर्यादित श्रम गन्तव्यका रूपमा विकास गर्न श्रम ऐन २०७४ को कार्यान्वयनमा जोड दिइएको छ । विश्वास नेपालद्वारा राजधानीमा आयोजित “मनोरञ्जन क्षेत्र र जोखिमयुक्त क्षेत्रमा काम गर्ने महिला श्रमिकको समस्या र चुनौती”बारे छलफल कार्यक्रममा सहभागीहरूले सो क्षेत्र व्यवस्थित पार्न बनाएको कानुनको पूर्ण पालना व्यवसायीहरु गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा अधिवक्ता शितल सुवेदीले श्रम ऐन २०७४ बारे कार्यपत्र प्रस्तुत गर्दै श्रम ऐनको कार्यान्वयनले व्यवसायी र श्रमिक दुई पक्ष नै फाइदामा रहने दावी गर्दै हाल सरकारले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकलाई आवद्ध गराउँदा व्यवसायी सुरक्षित हुने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)