कृष्णभीरको अवरुद्ध सडक तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी
ratopati.com · Sat Sep 12 07:54:45 GMT 2026

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडक खण्ड तीन दिनभित्र यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
नागढुङ्गा- मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार पार्ने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)