न्यून चापीय रेखा उत्तरतर्फ, आइतबारदेखि वर्षा सघन हुने
gorkhapatraonline.com · Sat Aug 02 17:11:11 GMT 2025

काठमाडौँ, साउन १७ गते । न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाको गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि देशभर बदली भई ठाउँ ठाउँमा वर्षा भएको छ । यो क्रम आइतबारदेखि झन् बढ्ने विभागको भनाइ छ ।
भोलिदेखि न्यून चापीय रेखा उत्तरतर्फ गएकाले तराईमा समेत वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)