एडामामेको घुम्टोमा हरियो भटमास
nepalnews.com · Sat Sep 12 08:15:21 GMT 2026

पानी छिटाउन थालेपछि ओत लाग्ने बहानामा काठमाडौं हात्तीगौंडाको एउटा परिचित खाजा पसलमा छिर्ने बाध्यता आइलाग्यो। नियमित रूपमा खाने खाजा चिउरा–सिउरा मगाएपछि साहुजी भाइले साउती मार्दै भने, “सिजन सकिन लाग्यो, साँधेको हरियो भटमास पनि हालिदिऊँ। अलिकति मात्रै छ।”
‘हस्’ भन्दै मुन्टो हल्लाउँदै कुर्सीमा बसियो। बाहिर पानी झमझम पर्न थाल्यो। वर्षायाम सकिन लाग्यो, भदौका अन्तिम दिन गनिँदै छन्, हरियो भटमास पाउने मौसम पनि सकिन लाग्यो। तर, पानी पर्न छाडेको छैन। यिनै तर्कनाहरूकै बीचमा साहुजी भाइ रिकापीमा प्याज–स्याज हालेर सजाइएको हरियो भटमास बोकेर आए र टेबलमा राखे। अनि अरू खाजा बनाउनतिर लागे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)