गुँला पर्व सम्पन्न [फोटोफिचर]
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको एक महिने गुँला पर्व आज समापन भएको छ । बौद्ध धर्मावलम्बी नेवार समुदायका लागि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गुँला पर्व विशेष पूजा, बाजागाजा र धार्मिक यात्रासहित मनाइन्छ ।
नेपाल संवत्को गुँला महिनामा मनाइने यस पर्वका क्रममा बिहानै उठेर विभिन्न बौद्ध विहार, चैत्य तथा धार्मिक स्थलमा पुगेर पूजा–आराधना गर्ने परम्परा छ । विशेषगरी काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट श्रद्धालुहरू समूह बनाएर धार्मिक स्थलमा पुग्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)