कानुमन्त्रीसँग इजरायलका राजदूतको भेटवार्ता
onlinekhabar.com · Wed May 27 13:53:54 GMT 2026

१३ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वर्षमामा प्रवेश गर्दैगर्दा इजरायल सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीज्यूमार्फत अन्य मन्त्रालयहरूसँग समेत सहकार्य गरी दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा सुदृढ गर्न कानूनी दस्तावेजहरू निर्माण गरी सहकार्य बिस्तार गर्ने विषयमा छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)