चाङ्गान नेभो Q05 आगामी साता चितवनमा सार्वजनिक हुँदै
annapurnapost.com · Sat Sep 12 09:04:21 GMT 2026

चितवन क्षेत्रका लागि MAW Vriddhi Autocorp Pvt. Ltd. अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा . लि . ले नयाँ NEVO Q05 लाई आगामी साता चितवनमा सार्वजनिक गर्ने तयारी गरेको छ। सार्वजनिक गर्नुअघि ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म Deepal Chitwan Showroom मा NEVO Q05 को विशेष टेस्ट ड्राइभमार्फत गाडीलाई प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन (New Energy Vehicle) पोर्टफोलियोअन्तर्गत , नेपालमा Deepal ले स्टाइलिस तथा अत्याधुनिक प्रविधियुक्त प्रिमियम EV को प्रतिनिधित्व गर्दै आएको छ। यसै पोर्टफोलियोलाई थप विस्तार गर्दै NEVO Q05 ले नेपालमा विद्युतीय SUV अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ। आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि चीनको नम्बर १ SUV का रूपमा स्थापित Q05 ले कम्फर्ट , डिजाइन र प्रविधिमा ‘A Class Above’ अनुभव प्रदान गर्ने लक्ष्यसहित अत्याधुनिक EV प्रविधि , आकर्षक डिजाइन तथा स्मार्ट मोबिलिटीलाई एकैसाथ प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)