नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
ratopati.com · Thu Aug 27 09:12:20 GMT 2026

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि दुई नदीको संगमस्थलमा ठुलो प्राकृतिक बाँधसहितको ताल बनेको र आगामी तीन दिनमा यसको फुट्ने जोखिम उच्च रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।
चीनको केन्द्रीय टेलिभिजन (सीसीटिभी) का अनुसार नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठुलो ‘ब्यारियर लेक’ बनेको छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिरिनसमेत थालेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)