मलेसियाविरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपालको जित
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026
काठमाडौँ । मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले शानदार जित निकालेको छ। आज भएको खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो। यसअघि खेलिएको पहिलो खेलमा नेपालले मलेसियालाई नौ विकेटले हराएको थियो।
दोस्रो खेलमा पहिले ब्याटिङ गर्दै नेपालले सेलानगोर क्लबको मैदानमा ४१.४ ओभरमा सबै विकेट गुमाएर एक सय ७० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ बलमा ३ चौका र ३ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेलेका थिए। त्यस्तै, गुलशनकुमार झाले ६० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४५ रन जोडे भने सन्दीप लामिछानेले १३ तथा आसिफ शेख र अर्जुन कुमालले समान १०–१० रन बनाए। मलेसियाका लागि बलिङतर्फ अकील वाहिदले चार ओभरमा ३६ रन खर्चेर चार विकेट लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)