एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट
nepalnews.com · Sat Sep 12 09:55:30 GMT 2026
काठमाडौं। एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार सम्पन्न खेलमा नेपालले युएईलाई ४६ रनले हराउँदै उपाधि जितेको हो। प्रतियोगिताको विजेता टोली एसिया कपमा छनोट हुने प्रावधान अनुसार नेपालले आफ्नो स्थान सुरक्षित गरेको छ।
नेपालले प्रस्तुत गरेको ३१४ रनको लक्ष्य पछ्याउने क्रममा युएई २६८ रनमा समेटियो। युएईका लागि राहुल चोप्राले शतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यसैगरी शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन जोडे। नेपालका लागि करण केसीले तीन, ललित राजवंशीले दुई तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले एक-एक विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)