तीव्र गति र मापसेले बढाउँदैछ सडक दुर्घटना
gorkhapatraonline.com · Sat Sep 12 10:31:54 GMT 2026

नेपालगन्ज, भदौ २७ गते । बाँकेमा सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएपछि दुर्घटना न्यूनीकरणका लागि चालकको व्यवहारदेखि ट्राफिक नियमको पालना कडाइ गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले दुर्घटनाको प्रमुख कारणमध्ये सवारी साधनको तीव्र गति मुख्य कारण रहेको देखाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८१० वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ६० जनाको मृत्यु भएको थियो भने करिब एक हजार ३०० जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)