भोटेकोशी बाढीले किसानको भविष्यमा धक्का, १ हजार ८ सय हेक्टर खेत र हजारौँ पशुपन्छी क्षतिग्रस्त: एफएओ
clickmandu.com · Sat Sep 12 10:45:03 GMT 2026

काठमाडौं । भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका ग्रामीण क्षेत्रमा घर तथा भौतिक संरचनामा मात्र क्षति पुर्याएको छैन, किसानको उत्पादन, खाद्य सुरक्षा र आगामी आम्दानीको आधारसमेत गम्भीर रूपमा प्रभावित बनाएको छ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीबाट करिब १ हजार ८ सय हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ। विशेषगरी धानबालीमा ठूलो असर परेको छ। यसबाट झन्डै ७ हजार ७ सय मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान एफएओको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)