‘१२ गाउँ २’ मा समीर भट्टको खतरनाक एक्सन अवतार, फूलपातीमा रिलिज हुँदै
kalakarmi.com · Sat Sep 12 10:52:20 GMT 2026

काठमाडौं- बहुप्रतिक्षित नेपाली फिल्म ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको शक्तिशाली एक्सन लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा समीरको कसिलो तथा मांसपेशीयुक्त शरीरसँगै आक्रामक एक्सन अवतार देख्न सकिन्छ । पोस्टरले फिल्ममा उनको दमदार प्रस्तुति रहने संकेत गरेको छ ।
बिराज भट्ट फिल्म प्रोडक्सन (प्रा.) लिमिटेडको प्रस्तुति रहेको फिल्मकी निर्माता सरस्वती भट्ट हुन् भने निर्देशन बिराज भट्टले गरेका छन् । फिल्ममा समीर भट्टसँगै बिराज भट्ट, अनुप विक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कलु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदिर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)