संखुवासभामा ३ थान भरुवा बन्दुकसहित एक जना पक्राउ
annapurnapost.com · Sat Sep 12 10:59:07 GMT 2026

: बिना इजाजतपत्रको भरुवा बन्दुक घरमा राखेको अभियोगमा प्रहरीले संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार पक्राउ पर्नेमा संखुवासभाको मादी नगरपालिका–४ पुराना गाउँका ४२ वर्षीय कुल बहादुर जिमि रहेका छन्।
प्रहरी टोलीले जिमिको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)