भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
gorkhapatraonline.com · Sat Sep 12 11:36:57 GMT 2026

यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन् । लोमान्थाङ केन्द्रविन्दु भएर गएको ५.३ म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन् ।
लोमान्थाङको दिव्यदीप स्कुलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो । लोमान्थाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य चार वडामा स्थानीयका अधिकांश घर बस्नै नमिल्ने गरी मध्यम तथा पूर्णरूपमा क्षति भएका गाउँपालिका कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)