चार हजार दुईसय मिटरको उचाइमा केःलाङ प्रस्तुत
gorkhapatraonline.com · Sat Sep 12 11:43:52 GMT 2026
समुद्री सतहदेखि चार हजार दुईसय मिटर उचाइ रहेको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा केःलाङ प्रस्तुत गरिएको छ । पर्यटनसँगै विविध संस्कृतिको उजागर र प्रवर्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी क्षेत्रमा केःलाङ (च्याब्रुङ नाच) प्रस्तुत गरिएको हो ।
तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (हाफ म्याराथन) प्रतियोगिताको अवसरमा लिम्बू (याक्थुङ) जातिको मौलिक संस्कृतिमा आधारित केःलाङ प्रस्तुत गरिएको हो । चार हजारभन्दा बढी उचाइ रहेको भू–भागमा पहिलोपटक केःलाङ प्रस्तुत अर्थात् प्रदर्शन भएको तिम्बुङ पोखरी पर्यटन विकास समितिका अध्यक्ष अमिर राईले दाबी गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)