पुटिनसँग भेट्न तयार रहेको जेलेन्स्कीको भनाइ
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ। द्वन्द्व अन्त्य गर्ने प्रयासहरू तीव्र भइरहेका समयमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मियामीमा हुने आगामी जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको बताएका छन्।
जर्मन प्रसारण मिडिया 'डिस्चे वेले' सँगको अन्तर्वार्तामा आगामी डिसेम्बरमा हुने उक्त भेलामा पुटिनसँग भेट्नुहुन्छ कि हुन्न भन्ने प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, “पक्कै पनि हामी त्यहाँ जानुपर्छ, हामीले भेट्नुपर्छ, कुरा गर्नुपर्छ र निर्णयहरू लिनुपर्छ।” उनले शब्द वा व्यक्तिगत कुराकानीभन्दा पनि त्यसबाट निस्कने नतिजा मात्रै मुख्य कुरा भएकोमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)