सत्ता स्वार्थका लागि कांग्रेस र एमालेसँग मिल्नु ठुलो गल्ती थियो : उपेन्द्र यादव
ratopati.com · Sat Sep 12 11:50:45 GMT 2026

जनकपुर । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले सत्ता स्वार्थका लागि विगतमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) सँग सहकार्य गर्नु आफूहरूको ठुलो गल्ती भएको स्वीकार गरेका छन्। ‘९ दलीय अग्रगामी मोर्चा’ को मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्।
नेपालका कम्युनिस्ट पार्टीहरू सिद्धान्तबाट च्युत भई ‘कामाउनिस्ट’ बनेको आरोप लगाउँदै देशको वर्तमान दुर्दशाका लागि एमाले सबैभन्दा ठुलो दोषी रहेको दाबी उनले गरे । देशमा प्रदेशहरू बने पनि मधेसी समुदायको आफ्नै शासन, प्रशासन, भाषा र संस्कृति स्थापित हुन नसकेको उल्लेख गर्दै उनले भने– ‘आफ्नो शासन र संस्कृति नै आउन नसके कुन आधारमा यसलाई हाम्रो प्रदेश भन्ने ? काङ्ग्रेस र कम्युनिस्टले दिन नसकेको त्यो अधिकार अब अग्रगामी मोर्चाले ल्याउनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)