भूकम्पपछि लोमान्थाङमा समस्या, त्रिपालमुनिको बाँस
baahrakhari.com · Sat Sep 12 11:55:24 GMT 2026

मुस्ताङ । यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन् । लोमान्थाङ केन्द्रविन्दु भएर गएको ५.३ म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन् ।
लोमान्थाङको दिव्यदीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्कंदा बस्नै नमिल्ने भएको छ । उक्त विद्यालयमा ८४ विद्यार्थी अध्ययनरत छन् । भूकम्पका कारण भवनमा क्षति हुँदा नियमित शैक्षिक पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)