मानवअधिकार आयोग र कार्की आयोगको प्रतिवेदनमा के फरक छ ?
ratopati.com · Wed May 27 17:18:40 GMT 2026

काठमाडौँ । भदौ २३ र २४ गतेको ’जेनजी आन्दोलन र त्यसपछि सिर्जित परिस्थितिबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र गौरीबहादुर कार्की जाँचबुझ आयोगबिचको अन्तरसम्बन्ध र विरोधाभास निकै पेचिलो देखिएको छ । यी दुई आयोगका निष्कर्ष र विश्लेषणले नेपालको संवैधानिक निकाय, राजनीतिक नेतृत्व र न्यायिक प्रक्रियाबिचको विषयलाई सतहमा ल्याइदिएको छ ।
जेनजी आन्दोलनको घटनाको छानबिनमा संलग्न दुई निकाय; राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ दुवै दिनको घटनालाई विश्लेषण गरेर मानवअधिकार हननमा संलग्नलाई कारबाही सिफारिस गरेको छ भने गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग (सरकारद्वारा गठित)ले भदौ २३ को घटनाका दोषीलाई मात्रै कारबाही सिफारिस गरेर भदौ २४ को विषयमा छुट्टै अनुसन्धान हुनुपर्ने विषय औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)