क्षेत्रीय मुद्दामा छलफल गर्न खाडी तटीय राज्यको बैठक तय
gorkhapatraonline.com · Sat Sep 12 12:13:06 GMT 2026

क्षेत्रीय मुद्दामा विचार आदानप्रदान गर्न, इरान र ओमानबिचको वार्तामा सुरक्षित मार्ग तोकिएको उल्लेख गर्दै इरानको विदेश मन्त्रालयले खाडी तटीय राज्यका विदेश मन्त्रीहरूले आगामी सोमबार ओमानमा भेटवार्ता गर्ने जनाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले यस छलफलमा इरान, इराक र अन्य खाडी तटीय राज्यहरूले सहभागिता जनाउने बताउनुभएको छ । बाघाईले बैठक आयोजना गर्ने पहल क्षेत्रीय देशबिच विश्वास र सहयोगको साथसाथै यस क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्ने मार्गमा एक महत्वपूर्ण कदम को रुपमा उल्लेख गर्दै यसलाई अन्तरक्षेत्रीय खेलाडीहरूको “विनाशकारी र विभाजनकारी हस्तक्षेप” को रुपमा चित्रण गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)