जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै ¥याली
gorkhapatraonline.com · Sat Sep 12 12:16:33 GMT 2026

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर गम्भीर रूपमा भोग्नुपरेको भन्दै जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको मागसहित सुनसरीको रामधुनीमा ¥याली निकालिएको छ ।
नागरिक समाजको अगुवाइमा शनिबार आयोजित ¥यालीमा विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता तथा विद्यार्थी सहभागी भएका थिए । ¥याली रामधुनीको झुम्का बजार क्षेत्र परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)