ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै माइतीघरमा प्रदर्शन
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ। खाना पकाउने एलपीजी ग्यासको तीव्र अभाव र अकासिएको महँगीविरुद्ध नेकपा बहुमतले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। सरकारको ध्यानाकर्षण गराउन आयोजित यस प्रदर्शनमा पार्टीका कार्यकर्ताहरूले थालमा चामल राखेर सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गरेका थिए।
प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा बहुमतका अध्यक्षमण्डलका सदस्य गुणराज लोहनीले मुलुकमा ग्यासको पर्याप्त मौज्दात भए पनि सरकारको अदूरदर्शित्राका कारण आम उपभोक्ताले सास्ती व्यहोर्नुपरेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)